श्री बागेश्वरी उच्च माद्यामिक बिद्यालय
चोकदे बजार, नुवाकोट
एस.एल.सि. ब्याच २०६६

प्रीय साथीहरु,
“समयले हामीलाई जहाँ-जहाँ पुर्‍याए पनि, हाम्रो मित्रता र अपनत्व कहिल्यै टाढा नहोस्। सुखमा सँगै, दुःखमा सँगै, हरेक पल एकअर्काको साथ बनिरहौँ। हाम्रो एस.एल.सि. २०६६ सधैँ यस्तै जीवन्त, एकताबद्ध र मायाले भरिएको रहोस्।”

हामी एउटै कक्षाकोठामा बसेर, एउटै सपना बोकेर र जीवनका सुन्दर सुरुवाती दिनहरू सँगै बिताएका साथीहरू हौँ। समय बित्दै गयो, बाटो फरक हुँदै गयो, कोही पढाइ, कोही रोजगारी, कोही परिवार र जिम्मेवारीमा व्यस्त भयौँ। तर हाम्रो बाल्यकालका ती हाँसो, रमाइला क्षण, संघर्ष र मित्रताको सम्झना आज पनि उस्तै ताजा छन्।

“एस.एल.सि. ब्याच- २०६६” हाम्रो विगतको एउटा वर्ष मात्र होइन, हाम्रो जीवनको एउटा सुन्दर अध्याय हो। त्यसैले समय र दूरीले हामीलाई अलग नबनाओस्। जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि, एकअर्काप्रतिको माया, सम्मान र अपनत्व कायम रहोस्। हाम्रो यो सम्बन्ध सधैँ जीवन्त रहोस् र हामी फेरि–फेरि एउटै ठाउँमा भेला भएर पुराना दिनहरूलाई नयाँ सम्झनामा बदलिरहौँ। ❤️

“समय बदलियो, ठाउँ बदलियो, जीवन बदलियो, तर हाम्रो मित्रता नबदलियोस्।”

नामेरोल अपडेटको कार्य भई रहेको हुँदा केही दिन प्रतिक्षा गर्नुहोस ।

स्वर्गीय ईश्वर लामिछानेको दुःखद् निधनमा स्वदेश तथा विदेशबाट साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण साथीभाइ तथा शुभेच्छुकहरू, साथै बागेश्वरी माध्यमिक विद्यालय र आदरणीय गुरुहरू प्रति एस.एल.सि. ब्याच- २०६६ परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

दुःखको घडीमा देखाउनुभएको माया, साथ र अपनत्वले हाम्रो मित्रताको सम्बन्धलाई अझ गहिरो र जीवन्त बनाएको छ।

सहयोगार्थ संकलन भएको रकमको विवरण
१. जम्मा भएको कुल रकमः ३,०४,९५७/- (जस मध्य)
२. क्रिया खर्चको लागि नगद दिएकोः ३०,०००/-
३. बालबचत खातामा जम्माः २,७४,९५७/-
४. बागेश्वरी मा.बि.बाट खातामा जम्माः २०,००५/-
(नोटः खातामा जम्मा गरिने रकम १३ दिनको काम सकिएपछि नानीहरुको नाममा खाता खोले पश्चात खातामा जम्मा गरेर जम्मा गरेको भौचर राखिने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ।)

सहयोगी साथीहरुको विवरण

सम्झना स्वरुप केही तस्वीरहरु:

सुखमा सँगै, हामी शोकमा सँगै।
एक थोकमा हैन, हामी सबथोकमा सँगै