बिपनासँग,
अपेक्षा के गर्नु,
आश के राख्नु,
अनि, भर पनि के पर्नु ।
यहाँ,
कति रहरहरु
सपना मै त
पुरा हुन सकेको छैन ।
रिसाउनु,
किन पराईहरुसँग
आफैंसँग त,
रिसाउन सकेको छैन ।
परको मान्छेहरुसँग
खुसीको आश गरेर
किन पर्नु दङ्ग ?
पाउन सकेको छैन खुसी
आफ्नैहरुसँग ।
बिपनामा
खुसी पोख्ने रहर त
उही रहर न हो
त्यसैले मलाई निदाउन देऊ
केही पल भए पनि
म सपनामै रमाउँछु
खुसी हुन्छु ।
إرسال تعليق