छपाई प्रविधिमा विभिन्न साइज तथा रंगका कागजहरु प्रयोग गरिएको पाइन्छ । छपाईको कार्य प्रकृति अनुसार विभिन्न स्तरको कागजहरु गर्न सकिन्छ । जस मध्ये छपाईमा बढी मात्रामा प्रयोग हुने विभिन्न साईजका कागजहरु निम्नानुसार छन् ।
कागजको साइज
| सि.नं. | कागजको नाम | ग्राम | साइज |
| १ | न्यूज पेपर | ४४/४८ | २०X३० |
| २ | आर्ट पेपर | ९०/१००/१२८/१५० | २०X३०/२१X३१/२४X३६ |
| ३ | आर्ट बोर्ड | २००/२५०/३०० | २०X३०/२१X३१/२४X३६ |
| ४ | डुप्लेक्स बोर्ड | २८५/३०० | २२X२८ |
| ५ | पल्प बोर्ड ÷ आईबोरी | १५०/२८५ | २२X२८ |
| ६ | कार्ड बोर्ड | १२० – १५० | २२X२८ |
| ७ | म्यापलिथो ईन्डो | ७०/८०/१०० | १७X२७/२०X३०/२४X३६/२३X३६ |
| ८ | म्यापलिथो नेपाली | ६०/७० | १७X२७/२०X३०/२४X३६/२३X३६ |
| ९ | लेजर पेपर | ७०/८० | १७X२७/२०X३० |
| १० | कलर पेपर | ४८ | १८X२२ |
कागजको प्रकार
१. कार्ड बोर्ड
यो कागज २२X२८ साइजमा पाइन्छ । यो कागज १२० देखि १५० ग्राममा पाइन्छ । यो कागजमा एकातिर चिप्लो र आर्को तिर खस्रो हुन्छ ।यो निलो, पहेलो, रातो, सेतो र हरियो कलरमा पाइन्छ । यो कागजमा प्रमाणपत्र, निमन्त्रणा कार्ड र पुस्तकको कभर छपाई गर्न सकिन्छ ।
२. आइभोरी पेपर
यो कागज २२X२८ साइजमा पाइन्छ ।२५० देखि ३०० ग्राममा पाईन्छ । यो कागजमा दुई तिर चिप्लो हुन्छ ।यो कागजमा प्रमाण पत्र, निमन्त्रणा कार्ड र पुस्तकको कभर छपाई गर्न सकिन्छ ।
३. लेजर पेपर
यो कागज फिक्का हरियो रंगको हुन्छ । यो कागजमा विल, रजिष्टर र किताब बनाउन प्रयोग गरिन्छ । यो कागज ७० देखि १०० ग्राम सम्म पाईन्छ । यो कागज १७X२७ साइजमा पाइन्छ ।
४. डुप्लेक्स बोर्ड
यो कागज एकातिर चिप्लो र सेतो कलरको हुन्छ भने अर्को तिर खस्रो हुन्छ ।यसको प्रयोग औषधीको बट्टा, लन्च बक्स बनाउन तथा फाईल बनाउनको लागि प्रयोग गरिन्छ ।
५. कलर पेपर
बिल, रसिद आदि छपाई गर्न यो कागजको प्रयोग गरिन्छ ।यो कागज १८X२२ साइजमा ४४ देखि ४८ ग्राम सम्म पाइन्छ । यो कागज रातो, हरियो, सेता, निलो र पहेलो रंगमा पाइन्छ ।
६. कार्बन लेस पेपर
बिना कार्वन माथिल्लो कागजमा लेख्दा तलको कागजमा अक्षर सर्ने कागजलाई कार्बन लेस पेपर भनिन्छ । यो पेपर निलो र पिङ्क कलरमा पाइन्छ ।
७. म्यापलिथो पेपर
यो पेपर क्वालिटी तथा राम्रो किताब छपाई गर्न प्रयोग गरिन्छ । यो कागज २०X३०, २३X३६ र २४X३६ साईजमा पाईन्छ ।
८. मास्कीङ पेपर
प्रकाश छिर्न नसक्ने कागजलाई मास्कीङ पेपर भनिन्छ । यो रातो र पहेलो रंगमा पाईन्छ । यो कागज स्टिपिङ गर्न र रिपोर्ट बुकममा कभर राख्न प्रयोग गरिन्छ । यो पेपर ७० देखि १०० ग्राम सम्म पाईन्छ ।
९. ट्रेसिङ पेपर
यो कागज अर्ध पारदर्शी हुन्छ । विशेषत नक्सा लेख्न प्रयोग गरिन्छ भने प्रेसमा पोजेटिभको रुपमा प्रयोग गरिन्छ । यो A4 र A3 साईजमा पाईन्छ ।
१०. आर्ट पेपर
दुवै तिर चिललो कागजलाई आर्ट पेपर भनिन्छ । यो कागज ७० ग्रामदेखि १५० ग्राम सम्म हुन्छ भने यो कागजमा क्यालेण्डर, ब्रोसर तथा स्तरिय पुस्तक छपाई गर्न प्रयोग गरिन्छ । यो कागज २१X३१, २४X३६ र २०X३० साईजमा पाईन्छ ।
११. पिच बोर्ड
तस्विर पछाडी, रजिष्टर बनाउन प्रयोग गरिने कागजलाई पिच बोर्डं भनिन्छ । यो २८X३५ साईजमा पाइन्छ ।
१२. फाईल बोर्ड
यो कागज फाईल बनाउन प्रयोग गरिन्छ । यो कागज पहेलो, हरियो र रातो कलरमा पाइन्छ । यो कागज ३००ग्राम वा सो भन्दा माथि पनि पाईन्छ ।
१३. नेपाली कागज
यसलाई एन्टीक कागज पनि भनिन्छ । यो कागज विभिन्न प्रमाणपत्र, निमन्त्रणा कार्ड र भिजिटिङ कार्ड बनाउन प्रयोग गरिन्छ ।





