२०८३ बैशाख १८

श्वास लिनकै लागि पहिले, श्वास छोड्नु पर्छ

गन्तव्यमा टेक्नै लाग्दा, पनि बाटो मोड्नु पर्छ
श्वास लिनकै लागि पहिले, श्वास छोड्नु पर्छ

कहिले माया कहिले झगडा, हुनु पर्छ सानी
रोपे पछि बिरुवा त, बेला बेला गोड्नु पर्छ

टुटे पछि फुलबाट चल्ला, कोरलिए जस्तै
कुनै सम्बन्ध बचाउन, कुनै सम्बन्ध तोड्नु पर्छ

हात जोडेँ त्यो चरणमा, यो सिर पनि जोडेँ
हे भगवान मैले म हुन, अब के जोड्नु पर्छ

तिम्रो र मेरो साईनो, दुर भए पछि

तिम्रो र मेरो साईनो, दुर भए पछि
छुट्टिनै पर्ने त्यस्तो, मजबुर भए पछि

अब एक हुन्छौ र?, संका लाग्छ सानू
तिम्रो आफ्नो मेरो आफ्नो, सुर भए पछि

के राम्रो होला र खै, भोलिका दिन हरु
सुरुको कहानी, नै झुर भए पछि

जोडिन्छ भन्ने बिश्वास, रत्ती पनि छैन
सिसा जस्तै मन, चक्नाचुर भए पछि

नजिक हुन खोजे, गुमाउन पर्‍यो झनै
तिम्रो बन्ने रहर, आतुर भए पछि

तिम्रो र मेरो साईनो दुर भए पछि

मदन तामाङ्ग
२०७५/०२/३०
साँझ ०८:३६ बजे पोखरामा