२०८३ कार्तिक ९

उपहार- सुमन स्मारिका

उपहार

यो चाँद यि सिताराहरु
यि फूलहरु
चुरा गाजल सौगातहरु
केही नदेउ मलाई
यि सब निरर्थक र बेकार छन
मेरा लागी

काट्नु छ सारा
भय डर कुसंस्कार कुनियम
र
बन्देजका टाउकाहरु
जन्माउनु छ
यो मरिसकेको शताब्दीलाई पुन:

प्रीयतम,
बस् तिमी मलाई एउटा चक्कु
र एक थोपा विर्य
उपहार देउ….!

– सुमन स्मारिका

उपहार —————————— यो चाँद यि सिताराहरु यि फूलहरु चुरा गाजल सौगातहरु केही नदेउ मलाई यि सब निरर्थक र…

Posted by Suman Smarika on Monday, October 23, 2023

Leave a Reply