Type Here to Get Search Results !

आखिर भोलि पल्ट भेट त भै हाल्थ्यो

मदन तामाङ

गाउँमा पुजा हुन्थ्यो, निशुको घरमा। बेला-बेलामा हुने गर्थ्यो  नारायण पुजा, गाउँमा सबैले मान्ने पुजाआज गर्ने धेरै किम्बदन्ती कथा बोकेको भुमे थानमा। ठुलो सिमलको रुख मुनि। नारायण पुजा, सत्य नारायणको नाममा गाउने श्लोक। न्यौपाने, देवकोटा साथै अधिकरी समुहको साथ। मारुनी नाच र झ्यारे गित मादलको साथमा साथै मान्छेहरुको नाच। नारायण पुजाकै अवसरमा निकालीने हनुमान (झाँकी) खुबै रमाइलो हुन्थ्यो त्यो क्षण। रमाइलो अनि त्यो पल मेरो लागि प्रीय हुनु त्यो सबै कारण मेरो लागि हुँदै होइन। त्यो पल प्रीय र प्रेमील बन्नुको कारण मात्रै तिमी थियौ सबु मात्रै तिमी। माधी बालिन्थ्यो, दिपमा तेल थप्न बुढी बुढी हजुरआमाहरु बस्नु हुन्थ्यो। सुनेको थें मादीमा तेल थप्दा मनोकामना पूरा हुन्छ रे। विस्वासले तेल थप्ने थुर्पी मागेर तिमीलाई पाउ भन्दै तेल थपी रहन्थेँ। दिप उज्यालो हुन्थ्यो लाग्थ्यो तिमीलाई पाएँ। रातै भर जागाराम बसिन्थ्यो। तिमी सगै चल्दै, जिस्कदै।तिमी रिसाएको औधी मन पर्थ्यो किनकी रिसाउदा झनै राम्री देखिन्थ्यौ। तिमीसंग हुदाको त्यो पल रात कटेको पत्तै हुन्नथ्यो। उज्यालो भैसक्थ्यो। माधि सेलाउने बेला हुन्थ्यो। गित गाउदै माधीलाई चोखो पानीको मुहान भए तिर लगिन्थ्यो। अनि तिमीसगं बिछोडिनुको भारी बोकेर म पनि घर तिर लाग्थें। किन यति धेरै मन पोल्या हो आखिर भोलि पल्ट भेट त भै हाल्थ्यो।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.