जिन्दगीमा जितको मात्रै आश राख्दा खेरी कहिले काहिँ हार बेहोर्नु पर्दा अत्यन्तै पिडा खेप्नु पर्दो रहेछ। त्यसैले जितको मात्रै आश नराखौ कि कहिले काही हार्नु पर्छ र मनको रहर, इक्षा र चाहाना मन भित्रै मार्नु पर्छ भन्ने कुरालाई बुझ्नु पर्दछ। तब मात्र जिन्दगीमा आई पर्ने हारहरु सजिलै सामना गर्न सकिन्छ।
![]() |
मदन तामाङ्ग वि. न. पा. ११ गेर्खु नुवाकोट हाल: सुन्दर नगरी पोखराबाट |
संसारमा देखे जति सब चिज मेरो भन्नु पनि मुर्खता नै हो किनकी कहिले काहीं आफ्नै मुटु पनि पर सार्नु पर्दछ। र आफ्नैले मुटुमाझ छुरा चलाउदा पनि नदुखे झै गरेर टार्नु पर्दछ। हो यस्तै जिवन भोगाई र यथार्थलाई बोक्ने प्रयास गरेको छ यो गजलले। गजल पढिसके पछि मन पर्यो भने सेयर गर्न नभुल्नुहोला है। मेरो गजल यसरी सुरु हुन्छ। गजलको अन्तमा रेकर्ड गरिएको अर्थात वाचन गरिएको गजल सुन्न सक्नुहुनेछ। गजल वाचन गर्नुहुने आदरणीय मित्र रामनाथ घिमिरे ज्युलाई हार्दिक आभार।
गजल
जितको मात्रै आश नराख्नु, हार्नु पर्छ कहिले काँही
मनको रहर मन भित्रै, मार्नु पर्छ कहिले काँही
कहिले पनि दुखी हुन्न, रुन्न पनि नभन्नु ल
पहराले पनि पानी झार्नु, पर्छ कहिले काँही
नभन्नु है संसारमा, देखे जति सब चिज मेरो
आफ्नै मुटु पनि पर, सार्नु पर्छ कहिले काँही
नचपाउनु ढुङ्गा माटो, पचाउन सक्छु भनी
याद राख्नु अमृत पनि, बार्नु पर्छ कहिले काँही
आफ्नैहरुले छाती बिच, छुरा भाला चलाउँदा
नदुखे झैँ हाँसीहाँसी, टार्नु पर्छ कहिले काँही