"झुट नबोल"
प्रीया!
बिन्ती छ तिम्लाई,
मलाई खुसी बनाउन झुट नबोल।
बिन्ती छ प्रीया!
म वास्तविकतामा रमाउँछु,
जहाँ...
दु:ख होस्
पीडा होस,
चोटिलो हिस्,
तर,
कहिल्यै मनन गर्दिन म
अनुसरण गर्छु,
सबै कुरा आत्मसात गर्छु
त्यसैले प्रीया मलाई खुसी बनाउन झुट नबोल।
सायद
मलाई खुसी बनाउन
तिमीले बनाएका झुटहरुले
दिन्छ होला खुसीहरु
सफर रमाईलो बन्छ होला
तर,
त्यो बनावटी झुटहरु
फुटेर एक दिन छताछुल्ल हुदा
झुटले दिएको त्यो खुसीहरुले
हजारौ चोटको बज्रपात गराउनेछ
मुटुमा मेरो गहिरो चोट लागाउनेछ
खुसी फुटेर भावबिहल हुदा
म रुदा
के तिमी खुसी हुन्छौ र???????
त्यसैले प्रीया मलाई खुसी बनाउन झुट नबोल।
सुनेकी छौनी
सत्य डग्दैन झुउट तग्दैन
भान्ने उखान टुक्का
यति सबै थाहा हुदा हुँदै पनि
मेरो खुसीकै लागि
झुटलाई जन्मायौ भने
सत्यले सराप्ने छ
वास्तविकता रिसाउनेछ
अनि
हाम्रो सम्बन्धमा फाटो आउने छ
यो, यिनै कारणले झुट नबोल्नु
यति मात्र हैन
गुपचुप झुट अघिको खुसी र
मृत्यु पछिको ओखती उस्तै हुन्छ प्रीया।
मेरो मृत्युकै खातिर होस्
हासी हासी मर्न तयार छु
तर पनि सत्यतामा नै रमाउने छु
आँखा देखिने अन्धो बनेर
कान सुन्ने बहिरो बनेर
झुटको भुमरीमा रोमलिनु छैन मलाई
त्यसैले प्रीया मलाई खुसी बनाउन झुट नबोल।
अवश्य उत्रीन्छ,
उतार्ने छ यहाँ, उतार्छन पनि,
चितामा जलाउनु पर्ने मुर्दालाई
खाल्डो खनी गाड्दा यहाँ
चुप बस्दैनन्
सल्मलाउछ्न्
ब्वाँसा, स्याल अनि भुस्या कुकुरहरू
भोकले कुण्ठित सैतानहरु
फैलिन्छ गन्ध चारै तिर
खोस्रन्छ्न अनि उतार्छ्न
चील गिद्द झम्टिएर आउने छ
अनि,
खरानी भएर भस्म हुनु पर्ने मुर्दा
उत्रनेछ
मसान, पिचास अनि भुत बनेर जाग्ने छ
अनि सत्यको विरुद्धमा लाग्ने छ
वास्तविकताको विरुद्धमा लड्ने छ
अनि तिम्रो झुटले साथ पाउने छ
हाम्रो मायामा भुत लाग्ने छ
हाम्रो प्रेममा भुत लाग्ने छ
अनि,
हाम्रो सम्बन्ध बिच ध्वाजा फाट्ने छ
लुटिने छ खुसीहरु
अनि जुट बोलेर बटुलेका खुसीहरुले
तिमीलाई रुवाउने छ
मलाई रुवाउने छ
सोच,
बिचार गर अनि भन,
के???
जिवनमा झुटको खुसी सुहाउछ????
हो,
त्यसैले
प्रीया!
बिन्ती छ