केटीको मन केटाको भन्दा कोमल हुन्छ र'त चोखो प्रेम भुलिहाल्छ।

कबिता

मलाई तिमीसँग
समाज आफन्त अनि तिमीले
भेट्न प्रतिबन्ध गराए पछि
आफूलाई आफै भित्रै खोजी रहेँ
यो मन यो तन तिमी भित्र हराए पछि।।
तिमीले भन्ने गर्थ्यौ
तिम्रो मन त ढुङ्गा जस्तो छ!
हो साँच्चै हो रै छ
छिनो झै तीखो तिम्रो झुटा प्यारले
यो मन अनि मुटुमा
गहिरो पारेर तिम्रो नाम र तस्बिरहरू
खोपेको छ नमेटिने गरि
खोपिएको तिम्रो तस्वीरहरु
अझै मेटाउन सकेको छैन
मेटाउने त्यस्तो ओखती भेटेको छैन
सायद तिम्रो जस्तै
कोमल अनि नौनी जस्तो मन भाको भए
चिसो तातो यता उता हुँदा बित्तिकै
स्वरुप फेर्न सक्ने भाको भए
सायद तिम्रो झुटा प्यारले
मलाई पनि छुदैन थियो होला
चोटै लाग्दैन थ्यो अनि
यति धेरै मन रुदैन थियो होला
तिमीलाई गगन झै खुल्ला अनि
सागर झै निर्मल भएर प्यार गरि रहेँ
हजारौ चोट अनि पीडा सहेर
तिम्रो अनि मेरो खुशीको लागि
हाम्रो प्यारको स्याहार गरि रहेँ
तर आज खै के भयो फुलेर फल्नै लागेको
बोटलाई निर्मोही भएर
जरा उखालेर फ्याकेकी छौ
जित्नै लागेको खालको तासलाई प्याकेकी छौ।
रुदै मेरो अंगालोमा बाधिएर
बाचा-कसम खाएकी थियौ
सगै बाच्ने सगै मर्ने अनि अरु धेरै.......
खोइ त्यो बाचा अनि त्यो कसम
आज त बदनाम गर्दैछौ मेरै
कालिका मन्दिर त्यो गुम्बा चैत्य साक्षी राखेर
देउराली देबि देवता भाकेर
खाएको कसम लाएको प्यार
संसार जित्ने बहानामा आज
दिलायौ चोट अपार
यो समाज अनि सबै आफन्तहरुको नजरमा
म झुट छु होला
तर तिम्रो नजर अनि हाम्रो साक्षी
बस्ने भगवानहरुमा सायद म कदापी झुटो छैन
मेरो वास्तविकता सबै सुनाएकै थिएँ
खोलेर तन मन सबै दिएँ
सहमतिमै सबै भएको हो
तन मन अनि ज्यान सुम्पिने काम
जबरजस्ती गरेर मैले
मेरो काखमा बसाएको होइन
टुनामुना अनि तन्त्र मन्त्रले
मेरो प्यारमा फसाएको होइन
तिमी पनि बुझ्ने भैसकेकि थियौ अनि म पनि
हामी सल्लाह गरेरै निदाएका थियौ र एउटै थियो सपनी
तिमी बिउझियौ तर म तिम्रो प्यारमा निदाईरहेँ
प्रीया म निदाईरहे तिम्रो प्यारमा
तिमी बिउझिएर पनि
हाम्रो नाता-गोता
धन-सम्पती, योग्य-अयोग्य
अरु धेरै सम्बन्ध केलाउन भ्याईसकेछौ
तिम्रो प्यारमा यति धेरै निदाएछु कि
बिउँझदा तिम्रो मनबाट हटि सकेछु
तिम्रो-मेरो
आमा मामा
काका काकी
फूपू फुपाजु
ओल्लोघर पल्लोघर
माथ्लोघर तल्लो घर
यता उता दायाँबायाँ
सबैलाई सोधी सकेछौ
के हाम्रो सम्बन्ध ठिक छ???
प्राय जसोको जवाफ
नकारात्मक थियो
हुदैन हुँदै हुदैन
एक हुन मिल्दै मिल्दैन यस्तै जवाफ दियो
कारण थियो
गरिब
तर मलाई गरिब भनिएन्
अरु नै कारण दिएर हामिलाई अलग बनाउदै थियो
तिमी पनि यहि जवाफ अनि सल्लाह
सहजै स्वीकारेर
मलाई छोड्न, बाटो मोड्न
तम्तयार भएर खडा भयौ
सहजै अस्विकार गर्यौ
खै के को प्रलोभनमा पर्यौ
एकपलको बिछोड सहन नसक्ने तिमी
भेट हुँदा तर्कन थाल्यौ
बोल्दा बोलाउदा झर्कन थाल्यौ
दोष समयलाई दिउ या समाजलाई
तिमीलाई दिउँ या म आफैलाई
जब हामी प्रेम सम्बन्धमा थियौ
नाता र सम्बन्धको चासो न तिमीलाई थियो
न यो समाज अनि आफन्तलाई
हुन त मेरो भत्त्केको घरमा
तिमीले खुशी देखेनौ होला
सुख देखेनौ होला
के गर्नु म आफै भत्केको मान्छे
बचपनमै आमाको काख गुमाएको मान्छे
र बाबाको साथ गुमाएको मान्छे
आफै ढलेर तिमीलाई उठाउन खोजेछु
तिम्रो धमिलो प्यारमा फसेर तिमीलाई रोजेछु
सुन्दर सपनाहरु बुन्दा बुन्दै धागो छिनेर
अपुरो भएको हाम्रो प्यारले
आज मलाई बेहोसी बनाएको छ
तिमीले जिस्केर अनि प्यारले पागल भन्ने शब्दलाई
आज यो समाज अनि आफन्तले
मलाई उपमा दिएको छ पागल भनेर
आज यहि पागलको नामले दिनहरु जिउदै छु
एकान्तमा तिम्रो याद सँगै आशुहरु पिउदै छु
के गर्नु तिम्रो जस्तो कोमल नौनी जस्तो मन भाको भए
तिमीलाई चटक्कै भुल्ने थिएँ
तिमी झैँ अर्कै गमलामा फुल्ने थिएँ
तर के गर्नु कडा पत्थर झै मेरो मन
तीखो छिनो र कुञ्जले
तिम्रो नाम र तस्विर गहिरो पारेर खोपेको छ
तिमीले प्रहार गरेको चोट सगैँ लडेको पहिरोले
अलि अलि छोपीदिन्छ
अक्सर बर्सात नहुने भए त हुन्थ्यो
तिम्रो यादसँगै बर्सिएको बर्सातले
छोपिएको घाउ माथिको पहिरो बगाएर
तिम्रो नाम तस्बिर र यादहारु नया बनाई दिन्छ
अनि म मनलाई भुलाउन
अप्रत्यक्ष रुपमै पागल झै खोज्दै हिड्ने गर्छु
तिम्रो पुरानो वस्तीको हर गल्ली गल्लीमा
तिमीलाई धेरै खोजे तर कतै पाउन सकिन
तिमी मेरो नजरमा आउदै आएनौ
एताकता सुनिन थाल्यो
तिमी त बसाई सर्यौ रे
धनी केटा सँग बिहे गर्यौ रे
कसैले तिम्रो नयाँ ठेगाना बतायो
पागलझै तिम्रो नयाँ बस्ती अनि नयाँ घर छेउ पुगे
तिमीलाई देखि हाले चिनीहाले
सुन्दर सभ्य अनि धनी केटाको साथ
सितारा अनि पिको भरिएको साडीमा
करोड पर्ने सान्दार गाडीमा
खै कता जान लागेकी थियौ
गला नाक कानमा हिरा
अनि हातमा औँठी सुनको चुरा
पाउमा सजिएको सेतो पाउजु साथमा अग्लो हिल
रातो साडी अप्सरा जस्तै देखिन्थ्यो तर बेखुसी दिल
मैले देख्नासाथ तिम्रो स्थिती पढिहाले
गरुडको छाया परेको सर्प झै भयौ
आफ्नो पाईलालाई अगाडी बढायौ
तिमीलाई देखे मन हल्का भयो
अनि म पागल फर्किए
मेरो शुभकामना तिमीलाई
लाख लाख शुभकामना
म सँगको बिवाहा सुवागरात त्यही बस्तीको झुपडीमा हुने थियो
तर तिमी त धेरै भाग्यमानी छौ संसारकै भाग्यमानी
सुवागरातको लागि तिमीलाई लैजालान
असीमित सुख अनि चरम आनन्द बन्द भएको कोठामा
लैजालान तिमीलाई जापन कोरिया
अनि लैजालान यु.के. अमेरिका
तर पाउने छैनौ त्यो खुसी अनि त्यो प्यार
जुन तिमीले मेरो साथबाट लुटेर फ्याकेकी छौ
तिमीलाई श्राप लाग्ने छ मेरो मायाको
अनि पक्कै पश्चाताप गर्ने छौ
बन्द कोठा साक्षी छ
ती बन्द कोठा भित्र अङ्गालोमा बाधिएर
गरिएको सम्झौताको
गरिएको हर आनन्दको
पक्कै पश्चाताप गर्ने छौ
त्यो बेला अफ्ठ्यारो पर्दा कहिल्यै
तिमीलाई कुनै ख्याल भएन
बन्द कोठा भित्र सँगै बस्न नहुने कुरा
प्यारको नाटकमा अङ्गालोमा बाधिन नहुने कुरा
अन्तिम पलमा तिमीलाई ख्याल भयो
उखु झै चपायौ चुस्यौ
प्रयोग गर्यौ गर्यौ र फ्याकिदियौ
आफ्नो चाहाना पूरा भए पछि
हो आज म सबैको सामु झुट भएको छु
सबैको माझ पागल भएको छु
पक्कै पनि कुनै दिन कुनै पल
यो पागलको निकै अभाव खड्किने छ तिमीलाई
तर त्यो पल तिमी पागल भएर
पागललाई खोजी हिड्ने छौ तर कतै फेला पार्दैनौ
अनि त्यो पल
पक्कै पनि पश्चातापको आँसु बग्ने छ।।।।

शनिबार, आश्विन ०८, २०७३
September 24, 2016

Post a Comment

facebook

Previous Post Next Post