बाच्न गाह्रो नहुने भा, अकालमै किन मर्थ्यो

 


देख्ने चोट लागेको भा, ओखतीले निको गर्थ्यो

नदुखेरै मन  हजुर,   आँसु   किन  त्यसै झर्थ्यो


धन  हुँदा   बल    छँदा,   सबै   वर सर्ने न हुन

होइन भने  कमजोर हुदा, सबै पर किन सर्थ्यो


मायाले घर, समाज  अनि, संसार चल्थ्यो भने

मदन भोटमा मुना घरमा, दैबले    किन  हर्थ्यो


बल्ल आज बुझ्न थाले, आत्म*ह*त्या गर्नेहरुलाई

बाच्न गाह्रो  नहुने  भा,  अकालमै   किन मर्थ्यो


कि हुरुक्कै  कि  जुरुक्कै,  पारिदेन हे जिन्दगी

गालहरु  धेरै  टारेँ,    काल  अब के लाई टर्थ्यो


२०७५/०९/२१ गते

पोखरा एअरपोर्ट

Post a Comment

facebook

Previous Post Next Post