खुसी लुकेको एउटा कथा

दिन भरी काममा निकै व्यस्त भएँ। मोबाईल चलाउन एकै छिन पनि फुर्सद भएन। काम सकिएन दिन सकियो। कार्यलयबाट डेरा फर्केँ। खाना बनाएँ, खाएँ अनि जुठो भाँडा बाटामा राखेँ। हात धोएँ, मुख चुठेँ। खाना बनाएको भाडाँ चाहिँ यत्तिकै राखे। भोलि त्यसैमा पकाउने सोचले। पकाउने भाँडाले खासै बाटाको जुठो पानीमा डुब्न पर्दैन थियो। भाँडाको भाग्य भनम् या मेरो अल्छीपन। दैनिकी यसरी नै चल्दैछ।

सुत्ने बेला भयो। टेबल माथी चार्जमा राखेको मोबाइल समाएँ। मोबाइल र चार्जरको सम्बन्ध टुट्यो। मोबाईल मेरो हातमा अनि चार्जर उही मल्टीप्लगमा रह्यो। गर्मी निकै बढेको छ। गर्मी सँगै लामखुट्टे पनि। सलाई कोरेँ लामखुट्टे भगाउने धुप सल्काएँ। पत्रीका माथी एस्ट्रे र एस्ट्रे माथी धुप राखेँ। यत्तीले मात्रै लामखुट्टेको पार लाग्दैन थियो। धुपको असर कम हुँदै गएको या लामखुट्टे विकसित भएको केही बुझनै सकिन। बेडमा गएँ। मोबाईललाई सिरानी माथी राखे। लामखुट्टे छेक्न थप झुल पनि टाँग्नु थियो। झुल टाँगे। झुल भित्र पसेँ। उफ्फ गर्मी... यस्तो लाग्थ्यो झुलले पनि हावालाई छेकेको छ।

ओछ्यानमा पल्टिए। मोबाइल अनलक गरेँ। ०९ बजेर ०१ मिनेट गएको थियो। ४५ मिनेट अगाडी कसैको फोन आएको रहेछ। त्यतिबेला थाहा पाईन। अहिले हेरेँ। खै कुन्नी किन पो हो। मनमा खुसिको बेलुनहरु फुल्न थाले। मन फुरुङ्ग भयो। हल्का भयो, गदगद भयो। मन-मनै अचम्मै रमाएँ। कसैको छुटेको कलले पनि किन यति धेरै खुसी दिलाउँछ खै सोच्नै सकिन।

मैले कल ब्याक गरेँ। फोन उठ्यो। उताबाट हेल्लो भन्ने आवाज सुनेँ। खुसिको सिमा रहेन। यत्ती धेरै खुसी भए की प्राण त्याग्नै लागेको बिरामी मान्छेले अमृतपान गर्न पाए जस्तो। -हेल्लो!
 के गर्दैछौ, खाना खायौ? एक स्वासमै सोधेँ। 
 कुरा अस्पष्ठ भयो। बोलेको बचनहरु काट्टिएर आयो। राम्रो सँग सुनिएन २२ सेकेन्डमा फोन काटियो। पुनः फोन गरेँ। फोन उठ्यो।
 
किन फोन काटेको?
-लौ आफै राख्छौ अनि मलाई भन्छौ।

ए म त तिमीले काट्यौ कि भनेर।
-काट्छुनी मैले, चार्जमा राखेर बोल्दैछु।

ए हो र, अनि के गर्दै छौ? खाना खायौ?
- भर्खरै डिउटीबाट आएको, ड्रेस चेन्ज गर्दैछु। फोन राख्देउ।

एकै छिन बोलन कति हतार गरेको फोन राख्नलाई।
- ह्या राख्देउन, म ड्रेस चेन्ज गर्दैछु, फ्रेस हुन्छु, कस्तो टाउको दुखे जस्तो भैराछ।

ल ल फ्रेस हुनु अनि खाना खाए पछि फोन गर्नु है। यत्ती भनेर फोन राखिदिएँ।

फोन राखे पछि मोबाईल दाहिना पट्टि कम्मरको छेउमा राखेँ। दुबै हात छाती माथी। यति बेला मुटुको धड्कन निकै छिटो भए जस्तो लाग्यो। मन फराकिलो भए जस्तो यस्तो लाग्यो। मनमनै मुस्कुराँए।

Post a Comment

facebook

Previous Post Next Post