सुत्न मात्रै बेफाइदा छ फाईदाको टहल्नु पर्छ
आगोमा परे पछि फलामले पनि गल्नु पर्छ
फरक हुन नखोज्नु अलग गराउँछ दुनियाँले
जसो गरि चल्छ दुनियाँ उसै गरी चल्नु पर्छ
हिम्मत नहार्नु एक पाईलामा ठेस लाग्दैमा
एक पटक उठ्न पनि त बारम्बार ढल्नु पर्छ
एउटा चोटले नआत्तिनु अब सकियो भनि
भाँचिएको हाँगामा पनि त फल फल्नु पर्छ
मृत्यु पछि पनि आनन्दले बिदा कहाँ पाईन्छ र
यहाँ कोहि गाडिनु पर्छ त कोहि जल्नु पर्छ