यहाँ सत्यको त भलो हुने, ज-माना हरायो

कानुनको ठेलीबाट, न्यायको पाना हरायो
यहाँ सत्यको त भलो हुने,  ज-माना हरायो

गरीब नै थिचोमीचो,  ढक  अनि तराजुको
नहुनेलाई गरी खाने,   पाथी  माना हरायो

रोपेर  मलजल   गरी,   फलाउँछन   फल
पाकेर खाने बेला त, रूखमा दाना हरायो

संस्कृति नै कुल्चीएर,  रमाउन थाले मान्छे
सत्य बोल्ने गाईने दाईको, त्यो गाना हरायो

धेरै नै बने  झेलखाना,  अनि  कानुन पनि
तर खै अपराधी थुन्ने,   झेलखाना  हरायो
             

मदन तामाङ
२०७३/१२/१९ गते
जनक शिक्षा सामाग्री केन्द्र
सानोठीमी भक्तपुर

Post a Comment

Previous Post Next Post

Ads Section

Post ADS 1

Facebook

Post ADS 2
Subscribe to my channel