जोगिनुस आफ्नैहरुबाट, प्रहार हुन सक्छ


मीठो बोलीमा पनि, चोटिलो धार हुन सक्छ

जोगिनुस  आफ्नैहरुबाट,  प्रहार हुन सक्छ


नफ्याक्नु च्यात्तियो भन्दैमा, सिलाएर राख्नुस

च्यात्तिएकै कपडाले, जाडो पार हुन सक्छ


ठुला ठुला कुरा मात्रै, नहेर्नुस नखोज्नुस

सोच्दै नसोचेको ओखती, झार हुन सक्छ


सँधै सोचे जस्तै हुन्न, कहिले जिन्दगीमा

जिन्दगी खेल हो जित सँगै, हार हुन सक्छ

Post a Comment

Previous Post Next Post

Ads Section

Post ADS 1

Facebook

Post ADS 2
Subscribe to my channel