लासले श्वास फेर्दैन। उ चल्दैन, सुन्दैन र बोल्दैन पनि। एउटा लास र म बिच फरक यत्ती
अँध्यारो हुन रात पर्न नपर्ने रहेछ। दिन ढलेर साँझ आउनै नपर्ने रहेछ। मन ढले पुग्ने रहेछ। अन्धकार अँध्यारो सबै तिर। थिचिन आकाश खस्न नपर्ने रहेछ। भएको आशहरु खसे पुग्दो रहेछ। पोल्नलाई जल्न नपर्ने रहेछ। अकल्पनीय चिस्यानहरुको बर्षात भै दिए पुग्ने रहेछ। आँसु आस मरे पछि आँखा सम्म आउन खासै उकाली नचढ्ने रहेछ। खस्ने रहेछ दिल भित्रै। बस्ने रहेछ मुटु छेउ। डस्ने रहेछ जिन्दगीभर...
कती बेला दुख्नलाई आफू रेटिनै नपर्ने रहेछ। रुनलाई आफैँलाई दुख्नै नपर्ने रहेछ।
जिन्दगी चलाउन। स्वाभिमान बचाउन। भविष्यलाई उज्यालो बनाउन खाएको जा-गिर नै नमिठो लाग्ने रहेछ। जति बेला बार-बार, पटक पटक गिर्न पर्छ जा-गिरको अर्थ त्यतिबेला बुझिने रहेछ। जा-गिर...। न हिजो राम्रो भयो न आज राम्रो चल्दैछ। भोलिको दिन खै क हुन्छ।
मुर्दा यानिकी लासको कुरा गर्दै थिएँ। अकस्मात अर्कै विषयमा प्रवेश गरेछु। जा-गिर...
एउटा ढकमक्क फुलेको फुल। म त्यो फुललाई अचम्मै प्रेम गर्छु। म त्यही फुलको रक्षार्थ बार बनेर उभिएको थिएँ। तर आज केही पुजारीहरु त्यो फुल आफ्नो भगवान खुसी बनाउन प्रयोग गर्न लाग्दैछ। फुल आफैमा रमाउन खोज्दै थियो। अकस्मात माली फुल टिप्न लाग्छ। फुल आफुमा भएको काडाहरु प्रयोग गरेर बच्न खोज्छ। बचाउन खोज्छ तर कसै गरे पनि बच्न सक्दैन। म बार बनेर छेउमा उभिएको छु। मालीले फुललाई चुडेर लान्छ। दिन्छ पुजारीलाई। चढाउछ भगवान खुसी बनाउन। भगवानको पाउमा पुजारीहरु। फुललाई बचाउन माली हुन पर्ने रहेछ। बार बनेर छेउमा उभिनु भनेको हार मान्नु बाहेक केही नसकिने रहेछ माली अनि पुजारीहरुको अगाडि। फुललाई जोगाउन माली नै बन्न पर्ने रहेछ। फुलबारीको छेउमा बार बनेर उभिएर मात्रै फुलको रक्षा गर्न नसकिने रहेछ। प्रीय फुल। मलाई माफ गरिदिनु है। म फुलबारीको डिलमा तिम्रो छेउमै भएर पनि तिमीलाई बचाउन सकिन। म त श्रीफ बार बनेर गाढिएको रहेछु।
प्रीय फुल।
तिमी फुल हौ। तिमीलाई माली या पुजारी या अरु जो सुकैले कुल्चिन, चुड्न, निमोठ्न, भाँच्न या च्यातेर फाल्न जे प्रयास गरोस् सहनु। आफुलाई कमजोर नबनाउनु। मन नमार्नु। असिना, पानी, हावाहुरी यो सब सहेर तिमी आजको दिन सम्म छौ। अझै सहनु। सहनेहरुलाई समयले मीठो फल अवस्य दिन्छ।
तिम्रो छेउमा बार बनेर गाडिएको म तिमी जल्दै गर्दा टुलुटुलु हेरेर बस्न बाहेक अरु केही गर्न सक्दिन। तिमी माथी बचनका तिर, भाला, खु*कुरी र छुरा चल्दै गर्दा पनि केही गर्न सकिन। म लाचार भएँ। विवसताले मलाई न्याक्यो। अब त तिम्रो लागि म छु नि भन्न पनि सरम लाग्न लाग्यो। लाज लाग्न लाग्यो। म लवेस्तरो भएँ। म भएर पनि तिमीलाई म भएको आभास दिलाउन बाहेक केहि गर्न सकिन। तिमीलाई संसारमा सबै भन्दा धेरै प्रेम गर्छु। त्यही प्रेम माथी कसैले धावा बोल्दा म प्रतिकारमा उत्रन सकिन।
प्रीय फुल, नआत्तिनु समयले सबैको मुल्यांकन गरेको हुन्छ। हामी माथी अन्याय गर्नेहरुको पनि मुल्यांकन गरेकै छ होला। मन रुवाउनेहरुको छिट्टै मलामी जान पाउँ। भगवानसँग यहि प्रार्थना गरेर बसेको छु।
प्रीय फुल, दुनियाँले जे देखोस जे भनोस। कुनै फिकर नलिनु। तिमीलाई सँधै सिरमा सजाएर राख्नेछु। मर्दा जुठो सम्म बार्न नपर्नेहरुको व्यबहारलाई लिएर मन नमार्नु। तिम्रो छेउमा तिम्रो रक्षार्थ गाडिएको बारको तिमीलाई सधै माया सधै प्रेम सधै सम्झना।
म एउटा टुक्रा काठ हुँ। म गाडिएको छु। म बार हुँ। म ढल्न सक्छु र जल्न पनि। यत्ती सम्म पनि नहेपोस कि मलाई ती हेपाहहरुलाई आफू जल्दै सँगै जलाउन आउँछ।
प्रीय फुल मीठो माया सुमधुर सम्झना।
Post a Comment
facebook