२०८३ असार ५

थाहा नभएको जन्मदिन

आज धेरै नै केही लेखौँ जस्तो भयो। त्यसकै लागि ल्यापटप अन भएको पनि एक घण्टा जस्तो भयो। मन देखि केही कुराहरू आए जस्तो हुन्छ। किबोर्डमा हात राख्छु तर अकस्मात् सब हराएर जान्छ। केही समय भयो, मनको भावहरूलाई शब्दमा थुपारूँ भनेको तर एउटा शब्द पनि निस्कन मान्दैन खास किन हो? यो पनि सोच्न सकिरहेको छैन। बरु मोबाइलमा पो हुन्छ की भन्ने सोचेँ र यता मोबाइलमा पनि किप नोट अन गरेँ अनि केही लेख्न खोजेँ तर कसै गरे पनि मनको भावनाहरू उत्रन मानेको छैन। उठ्छु टेबलमा बसेको ल्यापटपमा लेख्न कुर्सीमा बस्छु फेरि लेख्नै सक्दिनँ। एकाएक सब हराएर जान्छ। फर्कन्छु बिस्तरामा सुत्छु मोबाइलको किप नोटमा नै केही लेख्न खोज्छु तर सक्दै सक्दिनँ।

आफू भित्रै हराउँदै गरेको आफैलाई देख्दा मन मनै आफै देखि रिस उठ्न लाग्यो। मनमा एक प्रकारको रिसले आफै भित्र जल्दै गरेको जस्तो भान भयो। बेस्सरी शरीर तातियो। छाती पोल्यो। टाउको भारी भयो। कता कता श्वास फेर्दा नाकमुखबाट धूवाँको मुस्लो निस्किए जस्तो भयो। बाँधलाई छिचोलेर बग्न लागेको पानी जस्तै आँखाबाट आँसु खस्न खोज्दै थियो। तर खसी हालेको थिएन। मन एकदम भारी भयो। सायद जोख्न मिल्ने थियो भने पुरै वजन सहित तपाईँलाई बताउने थिएँ। भित्र भित्रै बेस्सरी जल्न लागेँ। जल्दै गरेको मलाई निभाउन कोठा बाहिर निस्केँ। बरन्डामा गएँ। उभिएँ, चिसो हावाले गालाको छालामा स्पर्श गर्‍यो। गालाको छाला केही चिसो भए जस्तो लाग्यो तर मन भने बेसरी तातिदै थियो। भित्र बाहिर गर्दै थिएँ। मनिष दाइलाई सम्झिएँ। भित्र गएँ। दाइको सिरानी मुनि हात लगाएँ। शिखर आइस चुरोटको बट्टाबाट एक खिल्ली चुरोट निकालेँ अनि लाइटर पनि।

बाहिर बरन्डामा गएँ। फिल्टरमा बायाँ हातको चोर औँला र बूढी औँलाले केही दबाब दिएँ। प्वाट्ट आवाज आयो। बायाँ हातकै चोर औँला र माझी औँलाको बिचमा चुरोटको खिल्ली च्यापेँ। दाहिना हातले लाइटर जलाएँ। एकएक हात र मुखको स्पर्श भयो बिचमा चुरोट थियो। त्यो स्पर्शमा चुरोट जल्न पर्‍यो। सायद स्पर्श हुनु भनेकै जल्नु पो हो कि त? पहिलो सर्को निकै जोडले तानेँ। धुवाँ भित्र सम्म पुग्यो जस्तो भान भयो। सितल भयो। बरन्डामा चुरोटको सर्को सगै घोत्लिएर बसेँ। स्वयम्भू तिर हेरी रहेँ। स्वयम्भू महा चैत्य खुब राम्रो देखिएको थियो। सेतो र पहेँलो रङ साझ पख बलेको बत्तिले झनै चम्किएको थियो। महा चैत्य कै अगाडि रहेको अनन्तपुर स्तम्भ पनि खुब चम्किएको थियो। सेतो… तर प्रतापपुर मै जस्तै लाग्थ्यो कालो धब्बा। ७२ शालको भुकम्पले भत्किएर अझै पनि बन्न सकेको थिएन। शरीर भरी स्टिल, बाँस, फ्ल्याक र प्लाई बोकेर बसेको थियो कतै डोरिले कसेर कतै किला ठोकेर। म एक तमासले चुरोट पिउदै हेरीरहेँ स्वयम्भू नाथलाई। कति बजे सम्म बसेँ ठ्याक्कै थाहा भएन।

बुधबार, भाद्र २७ गते अर्थात हिजो साँझ कति बेर सम्म अनिदो बसेँ थाहै पाईन। घडी लगाएकै थिएँ। मोबाईल पनि साथमै थियो तर समय हेर्न भुलेछु। हुन त आफैलाई भुलेको बखत समयलाई भुल्न कुन ठूलो कुरो भयो र । सायद म बेलुकी अबेर सम्म सुतेनछु क्यार। बिहान उठ्न गाह्रो भए पछि सोचेँ। चन्द्र भाईले एकाबिहानै बोलाए पछि बल्ल बिउँझिएँ। बिउँझिएको १०-१५ मिनेट पछि बल्ल तल्ल उठेँ। उठेर पनि केही गर्ने मन नै भएन।

शुक्रबार, भाद्र २८ सबेरै बिहानै उठेर नुहाउने, मन्दिर जाने पुजा पाठ गर्ने। केही नयाँ राम्रो कामको थालनी गर्ने यस्तै यस्तै संकल्प थियो मनमा तर गर्न केही सकिन। नागरिकता अनुसार भाद्र २८ अर्थात १३ सेप्टेम्बरको दिन मेरो जन्मदिन। तर म खास कहिले जन्मिएँ यो कसैलाई थाहै छैन, थाहा थिएन। मलाई झन थाहा हुने कुरा नै भएन। म त उही नागरिकतामा लेखिएको मितिलाई नै जन्मदिन मानिरहेछु। अघिल्लो बर्षको जन्मदिन सम्म त म आजकै दिनलाई जन्मदिन मान्दै आएको थिएँ तर त्यही दिन म सगै जन्मिएकी भनिएकि मायाले आफ्नो जन्मदिन त मंसिर ७ गते रहेको मेसेज मार्फत बताईन। मेरो मनमा झनै अलमल भैइ गयो।

जन्मदिन, बच्चा त होईन र पनि किन खै यो जन्मदिनमा धेरै आश लागेर आएको थियो। आज सम्म नलागेको आश अनि नगरेको अपेक्षा खै किन? केक काट्ने, सानै भए पनि मीठो मसिनो बनाएर घरमा जन्मोत्सव मनाउने, भाइ साथीसँग केही खुसी साट्ने रमाईलो गर्ने। कहिले पनि नदेखेको उपहार पाउने यस्तै यस्तै धेरै अपेक्षा र आशहरु मनमा पलाई रह्यो। सायद नपाउने कुराको नै आश लाग्दा हुन।

खै, कति मान्छेहरु त जन्मदिनको अघिल्लो रातको बाह्र बजे जन्मदिनको शुभकामना दिन नसुती बस्ने गर्छन भन्ने सुनेको थिएँ। तर मेरो लागि त कोहि रहेनछ। सायद म नै गलत थिएछु कि। जाबो मेरो जन्मोत्सवको शुभकामना दिन को अनिदो भएर नसुती बस्दा हुन। बिहान उज्यालो भए पछि पनि खासै आएको त हैन। केही बैंकको सेड्युअल मेसेज अनि दुई जना साथी दिपेस कुमार खड्का सर र आकाश लामा सहकर्मी भन्दा बाहेक कसैको पनि मेसेज आएन। आश गरेका मान्छेहरुबाट पनि एउटा मेसेज सम्म आएन।

मेरो जन्मदिन मेरै श्रीमतीले सम्म पनि याद गर्न सकेन। सोचेको थिएँ। बिहान जन्मदिनको शुभकामना पाउछु भन्ने। तर मेरो सोच म भित्र मात्रै रहेछ।

मेरो विगत, वर्तमान र भविष्य न झाँक्रीले अखात हेर्दा मिलाएको थियो। न ज्योतिषले हात हेर्दा। न लामाले नै मिलाएको थियो। फरक ठाउँ फरक राशी यति सम्म कि म कहिले सिंह राशीको भै दिन्थेँ। कहिले कर्कट कहिले मकर कहिले बृश्चिक। फरक ठाउँ फरक राशी। अलग ठाउँ अलग कुरा।

फेसबुक, टिकटक, एक्स, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा जतिनै साथी भए पनि ती मात्रै साथी हुदा रहेछन। हुन त के रिस पोख्नु र। आफ्नै घरकाले त सुईको सम्म पाएनन मेरो जन्मदिनको बारेमा।

खयर, यी सब कुरा छोडम यो बर्षको जन्मदिन यसै खल्लो भै नै सक्यो। यता लोकेन्द्र भाइ बिरामी पर्नु। भर्खरै चिनजान भएको सागर, आशिष, लाप्साङ र बिष्णु पनि गाउँ जानू। यस्तै भयो। मरेको लासलाई जुम्राले पनि छोड्छन भन्दा म खुब प्रतिवाद गर्थे। मरेको लासलाई जुम्राले छोडेर के भयो त कमिलाले त साथ दिन्छ नि। हो अहिले मेरो यो कुरा पनि झुट सावित भै दियो। अहिले मलाई कमिलाले पनि छोडेको छ। सायद, भाईहरु भाको भए अनि लोकेन्द्र बिमारी नभाको भए केही नभए पनि रमाईलै हुने थियो। चन्द्र भाइ, मनिष दाई अनि म मात्रै बसुम भने पनि हामीलाई छुटायो भनेर मन दुखाउलान कि जस्तो लाग्यो।

बिहानको खाना खाने बेला भयो। Mad-Y खाना खान जाम। दाई मलाई खानै मन छैन। किन के भयो? बेस्सरी पेट दुखेको छ। खाना नखाएर हो जाम हिड। दाइ नखाने हजुर जानु। मैले, यति भने पछि मनिष दाइ भर्खरै खाना खान निस्कनु भयो। चन्द्र भाइ मलाई खाना खानलाई कहर गरिरहेको थियो। मलाई खान मन छैन भनिदिएँ। सधै कहर गर्ने चन्द्र पनि आज एक बचनमै खाना खान निस्कियो।

लोकेन्द्र भाइ तिमी ज्वरोबाट मुक्ती पाउनु। भाईहरु पनि फर्कन्छन अनि मनिष दाइ र चन्द्र भाइ त सगै छन त्यसपछी मेरो जन्मदिनको जन्मोत्सव भव्य हुनेछ।

जहाँ म पुनः एक पटक जन्मन चाहान्छु।

मन फुरुङ्ग भयो- त्यो दिन

उपहार- सुमन स्मारिका

उपहार

यो चाँद यि सिताराहरु
यि फूलहरु
चुरा गाजल सौगातहरु
केही नदेउ मलाई
यि सब निरर्थक र बेकार छन
मेरा लागी

काट्नु छ सारा
भय डर कुसंस्कार कुनियम

बन्देजका टाउकाहरु
जन्माउनु छ
यो मरिसकेको शताब्दीलाई पुन:

प्रीयतम,
बस् तिमी मलाई एउटा चक्कु
र एक थोपा विर्य
उपहार देउ….!

सुमन स्मारिका

उपहार —————————— यो चाँद यि सिताराहरु यि फूलहरु चुरा गाजल सौगातहरु केही नदेउ मलाई यि सब निरर्थक र…

Posted by Suman Smarika on Monday, October 23, 2023

अ-टो डायरी- प्रेम कथा

हिजो आज जस्तो मोबाईल-फोन, फेसबुक, ईमो भाईबर अनि इन्स्टाग्राम कहाँ थियो र। जे हुन्थ्यो सबै कुरा फेस-टु फेस हुन्थ्यो। कुनै कुनै कुराको हुलाकी साथी भाई हुन्थे। केहि केहि कुरा चिट्ठी पत्रले बोक्थ्यो। र पनि त्यो समय अचम्मै रमाइलो थियो। अविस्मरणीय पनि। कहाँ खुसी दिन सक्छ र। हिजोआजको यो आधुनिक प्रविधिले त्यो जमानाले जस्तो।

त्यो ताका स्कुल पढ्ने बेलामा रंगीन रंगले प्रेमील अक्षर कोरेर नयाँ वर्ष, दशैं- तिहार, यस्तै अरु पर्व अनि जन्मोत्सवमा Post card दिन्थ्यौ लिन्थ्यौँ। ति मध्ये कुनै-कुनै अझै पनि सुरक्षित छन्।

आफ्नो भावना, रुची-अभिरुचि, मन पर्ने नपर्ने, सप्पै कुरा लेखिन्थ्यो अनि नाम-थर, ठेगाना सहित फोटो टाँसेर अटो भरिन्थ्यो।

अटोबाट अधुरो म पनि रहन सकिन। कारण बस् अर्को स्कुल पढ्न जान पर्ने भए पछि सबै साथीहरूको चिनो र सम्जना समेट्न अटोको साथ लिएँ। जानेर नजानेर प्राय जसो साथीहरुले आफ्नो चिनो डायरी (अटो) को पानामा टासिदिए। जुन आज मेरो लागी सम्झनाको साधन बनेको छ।

अटो डायरीको पानाहरु रंगीन छ। स्ट्रीकर, चित्र, अक्षरहरुको समुह मिलेर बसेको छ। हाँसिरहेको छ डायरीको पाना बिच आत्मीय मित्रताको सुन्दर तस्वीरहरु।

आफुले आफुलाई खुबै अभागी महसुस गर्छु। भाग्यमानीहरु जस्तो म छँदै छैन जस्तो लाग्छ। तर कहिले काँही भाग्यकै कुरा गर्दा मन बुझाउने एउटै बाटो भेट्छु। त्यो अरु कोहि हैन। केहि हैन उहि डायरी हो।

भाग्य कै कुरा गर्ने हो भने म भन्दा धेरै अभागी हिजोआज यो अटो डायरीलाई ठान्दछु। पुरानो अटो डायरी पल्टाउदै गर्दा बिधुवाको भेष जस्तै सेतो स्वरुपमा डायरीको बिचमा केहि पानाहरु जिउँदो देख्छु। जब म त्यो जिउँदो पानालाई देख्छु तब म मर्न सुरु गर्छु। त्यही खाली पानाको सिरानी हालेर चिम्लन्छु जिन्दगीको अन्तिम आखा। र फाल्छु आखिरी स्वास।

उसको सुन्दरता, घमण्ड, अहमता या अन्य कारणले यो डायरी भरिएन या यहि डायरीको भाग्यको खोट।मैले बुझनै सकिन। सरिर पुरै रंगीदा पनि रङ्याउन सकेन छाती र छाती भित्रको मुटु।

खाली छ डायरीको सेतो पाना। पाना भरी उनै छिन्। उनैलाई देख्छु, हासी रहेछ निधार माथीको खाली सिउँदो। मलाई गिज्याई रहेछ। जिन्दगी डायरीको पानाहरु बिच देख्छु। जिन्दगी र मृत्युको दोधारमा छु।

न जलाउन सक्छु, न च्यात्न सक्छु साताउने पानाहरु।

सबै भरी चिजहरुले जिन्दगी भर्न सक्दैन। र सबै खाली चिजहरुमा जिन्दगी खाली रहन्न। जस्तैः खाली पानामा मेरो भरी जिन्दगी अल्झिएको छ। म उसलाई चाहेर पनि भुल्न सक्दिन। र उसलाई पाएर पनि म उसको डालीमा फुल्न सक्दिन।

म अन्ततः यहि अठोटमा छु। म यो डायरीको पाना मेरो हातले भुलेर पनि च्यात्ने छैन, जलाउने छैन।

उसको महङ्गो शब्दहरु खरिद गर्न नसकेका बिचरा यि गरिब पानाहरुमा सजाउनेछु मन भरीका कथा ब्यथा र लेख्ने छु जिन्दगीको एक एक अक्षरहरु। मसिले हैन आशुले लेख्ने छु। जब नयनमा आशुको खडेरी लाग्छ खुनले लेख्छु। जब खुनले बैगुन गरेर साथ दिन छोड्छ तब तिम्रो नाममा धड्किने मनलाई झिकेर टंग्याउने छु यि डायरीको पानामा जहा तिम्रो सुन्दर तस्वीर बस्न मानेको थिएन। तिमीलाई बारम्बार याद गरिरहने यो दिमागलाई पनि बाकी कहा छोडुला र। तिम्रो भागमा छुट्टिएको अन्तिम पानामा कोर्नेछु सम्झनाका धर्साहरु। बुझनै नसकिने दिमागको जालो जसरी।

उतार्ने छु म आफुलाई तिमीले छाडेको पानाहरुमा। आत्त्मालाई डायरीको साथमा छाडेर लास बनि दिन्छु। तर तिमी भुलेर पनि नरुनु है। त्यो लासमा खास केहि छैन। तिमीलाई माया गर्ने आत्त्मा डायरीको साथमा सुरक्षीत छ। कुनै दिन डायरी फेला पार्‍यौ भने बिधी पुर्वक अन्त्यष्टी गरि दिनु। र मेरो एकोहोरो प्रेमबाट सदैव टाढा हुनु। मुक्ती लिनु मेरो मायाबाट।

-यादहरुको नदिलाई छेक्न अनि बाँध लगाउन सक्ने भए म कसैलाई सम्झने थिईन होला। उर्लिएर आउने तिम्रो यादको छालहरुलाई उतै रोकि दिन्थेँ। बाँधपारी। यता म चैन साथ जिउँदो हुने थिएँ। मर्ने थिइन् पल पल तिम्रो यादमा। म आफैलाई सम्झने मनलाई पनि यादको बाँध पारी नै छेकेर राखी दिने थिएँ।

-तिमीलाई आखिर कता तिरबाट सम्झन्छ???

-दिलले?

-दिमागले?

-मनले?

-ज्यानले?

मलाई थाहा भएको भए चट्ट काटेर अलग गराई दिन्थे शरिरबाट। बाँच्न सक्थेँ म दिल बिना, मन बिना, दिमाग अनि यो ज्यान बिना।

-तिमीलाई सम्झदैन थियो दिल नभए पछि। दिमाग ले तिम्रो माग गर्दैन थियो। चाहा राख्दैन थियो मन नभए पछि। दिल न मन बिनाको ज्यान के ज्यान मुर्दा जस्तै त हो। मुर्दालाई बाँच्न के गाह्रो। सजिलै बाचिदिन्थे तिमीलाई भुलेर।

-अप्रत्यक्ष छ सबै। अदृश्य छ देख्न नसकिने। मेरो छातीमा तिर घोप्छ। भाला बर्साउँछ। छुरा चलाउँछ। मुटु चिमोट्छ। सुक्नुको साटो सम्झनाको नयाँ खाटो बनाउन आशुले आखाको डिल छिचोल्छ। बारुद जस्तै बनेर खादिएको छ यादको कणहरु। मेरो दिमागमा। बिस्फोट हुन झिल्का पर्खिरहेछ। तिम्रो याद झिल्को बनेर कुन दिन प्रवेश गर्छ दिमाग भित्र। अनि त्यो दिन बारुद जस्तै खरानी हुनेछु। भस्म हुनेछु। अस्तित्व नासिने छ। काम नलाग्ने हुन्छु, बेकामको हुन्छु। म पनि यहि चाहान्छु। मलाई भस्म गराओस तिम्रो यादले। खरानी बनाओस त्यो पनि केहि काममा काम नलाग्ने।

-तिम्रो कोमल हातको औलाको टुप्पोहरु मोबाइलको स्कृन स्पर्स गर्न झन्झट मान्छ। मैले गरेका हरेक फोनहरु तिम्रो मोबाईलको स्क्रिनमा मिसकल्ड बनेर झुन्डी दिन्छ धुकधुकी स्वस बोकेर। न बाँच्न सक्छ न मर्न। मेरो प्रेम बोकेर तिमीलाई भेट्न हिडेका SMS हरु तिम्रो घृणा र तिरस्कारको कोसेली समेत बोकेर फर्कन्न। तिम्रो यादमा बग्ने आशु। एकोहोरो बर्बराउने शब्दहरु। बिपना अनि बिपना भित्रका सपनाहरु सबै दृश्यात्मक छ्न। जो हालत देखेर सप्पै मान्छेहरु “पागल” उपनाम दिएर बोलाउछ्न। हो म पागल भएको छ। आधा पागल यानिकी अर्ध पागल। जस्तै कि दर्शुवा दाउरा जस्तो। दनदनि बल्न पनि सक्दिन र निभ्न पनि। मात्रै धुवा निकाल्छ र रोमली रहन्छ आफ्नै वरिपरि।

हिजो आज म तिमीलाई यही भेट्छु। मनको बात मार्छु। प्रेम भित्रको पिडालाई केहि पर सार्छु। रुन्छु-हाँस्छु, रिसाउछु।

त्यो दिन तिम्रो लागी छुट्याईएको डायरीको ४ पानामा।

सिपाहीको श्रीमती हुने सौभाग्य सबैलाई कहाँ मिल्छ र।

– हुन त मलाई आम मान्छेहरु अनेकौं नाम र परिचयले चिन्छन। भरौटे, बन्दुगे, अरुको ईशारामा चल्ने जात! यस्तै-यस्तै अरु के के हो के के। तर जसले जे भने पनि जुन परिचयले मलाई चिने पनि म एक “सिपाही” हुँ। राष्ट्रको मेरुदण्ड! सोच्नुहोस् त तपाईको शरीरमा मेरुदण्ड भएन भने हालत के हुन्छ। हो म पनि त्यस्तै हुँ। यदि म भैन भने देश सिङ्गो रहन्न। यो मैले भनेको हैन पुर्खाले प्रमाणित गरेर गएको हो। इतिहास पढ्दै नपढ्नेलाई पनि स्पष्ट छ।

“राष्ट्रको सिपाही हुन नपाउनुको पीडा हरेक नागरिकको मनमा हुन्छ।” चाहे उ डाक्टर होस्, चाहे पाईलट, चाहे कृषक, मजदुर, ईन्जिनियर, मास्टर, धनी, गरिब चाहे जे सुकै होस। मुख फोर्न मात्रै सक्दैनन्। भन्नेले भन्लान् बन्दुक समाउने जात मलाई पटक्कै मन पर्दैन भनेर। सिपाहीले गरे दुख देखेर। सिपाहीलाई हुने आर्थिक अभाव देखेर। सिपाहीको ब्यस्त जिवान देखेर। जे देखेर जे भने पनि सिपाही हुन नपाउनुको पीडा चै यो लेख पढेरहने तपाईलाई पनि भै रहेछ भन्ने मलाई मजाले थाहा छ।

  • अन्य क्षेत्रको तुलनामा थोरै तलब भत्ता।
  • परिवारलाई कम समय वा समय दिन नसक्नु।
  • अत्यन्तै दु:ख र परिश्रम। लगायत अन्य धेरै अभावको बाबजुत पनि राष्ट्रको हरेक सिपाही कहिले मलिन देखिन्न।

अनेकन हातहतियारले सुसज्जित सिपाहीलाई देख्दा चाहे संसारकै ठूलो मान्छे पनि मन मनै रहर गर्दा हुन्। आफ्नै हातले राईफल समाउन। तर यो अवसर खुलेआम सिपाहीलाई बाहेक मरे पनि मिल्ने वाला छैन। चाहे जो सुकै होस।

अँ, अब खास कुरा हुन्नुहोस है।

स्कुल पढ्दा देखि उसलाई धेरै मन पराउथेँ। उसले पनि उत्तिकै मन पराउछ माया गर्छ भन्ने विश्वासमा थिएँ। सानै उमेरमा उ प्रती मेरो मनमा प्रेमले मज्जाले जरा गाडी सकेको थियो। उसको मनमा खै। यहि बिचमा मरे सगै बाचे सगै भनेर राम मन्दिर, देउराली र भञ्ज्याङमा कसम पनि खुब खायौं। सायद मैले उसलाई अति नै प्रेम गरेको भएर होला मेरो प्रेम ७-८ बर्ष भन्दा ज्यादा बाचेन। म प्रती उसको प्रेम ढल्यो।

प्रेममा गरेको अनेकौं बाचा बन्धन सबै बिर्सेर उ अन्तै गई। सायद त्यो बेला मेरो गरिबी र अल्लारे पन पचाउन सकिन। मोरिको भाग्य नै प्वाल पर्‍या रै छ के गर्नु। मलाई छाडेर अर्कै सग गई। पञ्चे बाजा बजाएर, ए हैन! हैन! ब्याण्ड बाजा बजाएर। पछाडी जन्ती र ब्याण्डले भरिएको गाडी थियो अगाडि फुलले सजिएको कार। अनि कार भित्र सजिएकी उ। निक्कै राम्री देखिएकी थिई। म सडक छेउमै उभिएर हेरि रहेँ। मैले देखे उसले देखिन। देखेको भए पनि ख्याल गरिन। पलभरमै कार सगै जन्तीको बस हुईकियो। ७/८ बर्षको प्रेम चकनाचुर भो उफ्फ……।

हिजो बिहे नगर्दा हरेक रात मेरो ओछ्यानमा म सगै हुन्थिन् उ। साँच्चै हैन नि कल्पनामा। उसको बिहे भो, मेरो पनि बिहे भो आज मेरो ओछ्यानमा अर्कै छिन मेरो प्यारी श्रीमती । यो चै कल्पना हैन नि साँच्चै हो।

उसले धनी केटा सग बिबाह गरिन। जहाँ सुख सयल मोज मस्ती सब छ। श्रीमान पनि म भन्दा ह्याण्डसम छ। पैसाको कहिले खाचो पर्दैन। उसको एउटा छोरा पनि जन्मिएको छ। बिबाह अगाडि भन्दा निकै भद्दा ज्यान भएको छ। सायद सुत्केरीमा निकै खुराक मिल्यो कि। सायद मेरो श्रीमती जस्तो दुख गर्नु पर्दैन कि। पर्दैन हैन गर्दै गर्दैन नि। माईतीको एक्लि छोरी। राम्रो घरमा बिबाह भएको मान्छे।

उसको जस्तो घर त छैन तर मैले पनि श्रीमतीलाई डेरामा राखेको छु। राजधानीमै। समय समय छुट्टिमा जादा दुख पोख्छु अनेकौं शीर्षकमा। मेरो दुखमय कुरालाई मतलबै गर्दैनन्। मेरि श्रीमती खुसी हुँदै भन्छिन् “सिपाहीको श्रीमती हुने सौभाग्य सबै नारीलाई कहाँ मिल्छ र।” म त धेरै भाग्यमानी छु र त राष्ट्रको ‘मेरुदण्ड’ सँग बिबाह भयो। श्रीमती यसो भन्दै गर्दा मैले पनि मनमनै भने देखिस त अभागिनी “मदन” पनि चानचुने मान्छे कहाँ हो र। के गर्नु तिम्रो भाग्यमा प्वाल पर्‍या रैछ।

धन्यवाद!

तिम्रो र मेरो साईनो, दुर भए पछि

तिम्रो र मेरो साईनो, दुर भए पछि
छुट्टिनै पर्ने त्यस्तो, मजबुर भए पछि

अब एक हुन्छौ र?, संका लाग्छ सानू
तिम्रो आफ्नो मेरो आफ्नो, सुर भए पछि

के राम्रो होला र खै, भोलिका दिन हरु
सुरुको कहानी, नै झुर भए पछि

जोडिन्छ भन्ने बिश्वास, रत्ती पनि छैन
सिसा जस्तै मन, चक्नाचुर भए पछि

नजिक हुन खोजे, गुमाउन पर्‍यो झनै
तिम्रो बन्ने रहर, आतुर भए पछि

तिम्रो र मेरो साईनो दुर भए पछि

मदन तामाङ्ग
२०७५/०२/३०
साँझ ०८:३६ बजे पोखरामा